अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मकवानपुरमा मिनी ट्रक दुर्घटना हुँदा ४ जनाको मृत्यु

मकवानपुरमा मिनी ट्रक दुर्घटना हुँदा ४ जनाको मृत्यु


हेटाैंडा – हेटाैंडा-काठमाडौं सडक खण्डमा भएकाे गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

हेटाैंडाबाट काठमाडौं जाँदै गरेकाे ना ४ च २३१५ नम्बरको मिनि ट्रक मकवानपुरको इन्द्रसराेवर गाउँपालिका-२ सिमखाेलामा दुर्घटना हुँदा घाइते भएका ४ जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक प्रतिमा कार्कीका अनुसार ओभर स्पिडका कारण गाडी सडकमै पल्टिएको हो । गाडी सडकमा पल्टिए पनि यात्रु पुलमुनि सिमखाेलामा खसेकाे प्रहरीले जनाएकाे छ ।

घाइते मध्य २ जनालाई उपचारका लागि काठमाडौं ट्रमा सेन्टर पठाइएकाे छ भने ५ जना हेटाैंडा अस्सपताल पठाइएकाे प्रहरीले जनाएकाे छ ।  उपचारका लागि पठाएकामध्ये ३ जनाकाे हेटाैंडामा र एककाे काठमाडौंमा मृत्यु भएकाे प्रहरीले जनाएको छ ।

मृतककाे सनाखत हुन नसकेकाे प्रहरीले जनाएकाे छ ।