काठमाडौं – चालक अनुमतिपत्रको परीक्षाका लागि वषौँ कुरेर पनि कार्यालयले भनेकै दिनमा दिनुपर्ने बाध्यता अन्त्य हुने भएको छ । यातायात व्यवस्था विभागले विगतका बाँकी परीक्षा सकिएपछि सेवाग्राहीले छानेको दिन र फारम भरेको केही दिनमा परीक्षा दिन पाउने व्यवस्था मिलाउने तयारी अघि बढाएको छ ।
चालक अनुमतिपत्रको परीक्षाका लागि सेवाग्राहीले आफ्नो अनुकूलको दिन छान्न सक्ने व्यवस्था मिलाउन लागिएको विभागले जनाएको छ । अहिले यातायात व्यवस्था कार्यालय विगतमा सेवाग्राहीले भरेका फारमबाट परीक्षा सञ्चालन गरिरहेका छन् । विभागले भने अनुमतिपत्र छपाइसँगै नयाँ ‘एप्लिकेसन’ बनाउन लागेको छ । अनलाइन फारम भरेकाबाट परीक्षा १५ दिनभित्र क–कसको लिइने भनी प्रकाशित गरिने विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुले बताउनुभयो । त्यो चरणमा पालो आएका सेवाग्राहीले कुन कार्यालयबाट र कुन दिन परीक्षा दिने भनी छान्न पाउने उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “कार्यालयले यति सिट खाली भनेर देखाएपछि खालीमध्येको यो म बुकिङ गर्छु भनेर अनलाइनबाटै गर्न सक्नेछन् ।” यसअघि कार्यालयले जुन दिन भन्यो त्यही दिन जानुपर्ने भए पनि अब दुई साताभित्र कुन दिन जाने भनी सेवाग्राही आफैँले खाली भएमा छानेर जान सक्ने प्रवक्ता पनेरुले बताउनुभयो । उहाँका अनुसार बस वा हवाईजहाजमा अनलाइन टिकट लिन जसरी नै कति सिट छ हेरेर खालीमा जान सकिन्छ त्यसैगरी आफ्नो परीक्षाको दिन बुकिङ गर्न पाइनेछ ।
सेवाग्राहीले एउटा कोडिङ नम्बर पाउने र त्यसका आधारमा कार्यालयले बोलाउने उहाँले बताउनुभयो । फारम अनलाइनबाट भरे पनि सबै कुरा अनलाइनबाट नहुने हुँदा सेवाग्राही मेडिकल जाँच, नागरिकता पुष्टि गर्न कार्यालय जानुपर्छ । उहाँले भन्नुभयो, “यी सबै गरेर उपयुक्त दिनमा परीक्षा दिन जान सक्छन् ।”
नयाँ प्रणालीमा पहिले अनलाइन राजस्व बुझाएपछि मात्रै फारम भर्ने व्यवस्था मिलाइएको छ । विगतमा फारम भरेर पास भएपछि मात्रै राजस्व तिर्ने व्यवस्था थियो । पहिले पैसा पर्दैन भनेर पनि धेरै सेवाग्राहीले भर्ने तर परीक्षमा सहभागी नभएको पाइएको छ । त्यसको नियन्त्रणका लागि पनि सुरुमा राजस्व तिर्ने व्यवस्था गर्न लागिएको हो ।
यातायात व्यवस्था कार्यालयहरुले फारम भरेका धेरै सेवाग्राहीको परीक्षा लिन बाँकी भएकाले गत महिनाबाटै अनलाइन फारम स्थगित गरिएको छ । विगतमा फारम भरेका सबै सेवाग्राहीको जेठ १५ गतेसम्ममा परीक्षा लिइसकेर त्यसपछि मात्रै नयाँ खुलाइने तयारी विभागको छ । विगतमा फारम भरेको एक वर्षभन्दा बढी समयसम्म परीक्षाको पालो नआउने गरेकामा त्यो हटाएर केही दिनमा नै पालो आउने व्यवस्था मिलाइने विभागले बताउँदै आएको छ ।
विगतमा फारम भरेकामध्ये कतिपय सेवाग्राही अझै सम्पर्कमा आएका छैनन् । काठमाडौँ उपत्यका बाहिरका कार्यालयले फारम भरेका सबैको परीक्षा लिइसकिएको बताएका छन् भने उपत्यकामा अझै पनि धेरै सेवाग्राही सम्पर्कमा आइसकेका छैनन् । उहाँले भन्नुभयो, “उपत्यकाका कार्यालयमा सेवाग्राहीको चाप भएकाले छापिएको पनि वितरण बाँकी छ ।”
सफ्टवेयर अहिले एउटा प्रणालीबाट अर्कोमा जाँदा सबै विवरण पनि त्यसमा लैजानुपर्ने भएकाले नयाँ र पुरानो प्रणालीमा एकीकरण गर्न लागिएको उहाँले बताउनुभयो । पहिले भारतीय कम्पनीको प्रणाली रहेकामा अहिले नेपालले नै सञ्चालन गर्न ‘ट्रान्सफर’ को काम अहिले भइरहेको छ ।
नेपालमा विसं २०७२ पुसमा मा ‘स्मार्ट’ चालक अनुमतिपत्र एकान्तकुनास्थित कार्यालयबाट सुरु भएको थियो ।
एशियाली विकास बैंकको सूचना र सञ्चार प्रविधि (आइसिटि) परि







प्रतिक्रिया