सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाकी मेयर मोहनमाया ढकालले आज पद बहाली गर्नुभएको छ ।
आइतबार पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएकी ढकालले आज उपप्रमुख लगायत वडाध्यक्ष र सदस्यहरुलाई सपथ ग्रहण गराएर पदबहाली गर्नुभएको हो ।
कर्णाली प्रदेशकी एकमात्र नगरप्रमुख ढकालले आफूले चुनावका बेला गरेका प्रतिवद्धता क्रमश पुरा गर्दै जाने बताउनुभयो । आफूले चुनावका बेला गरेका प्रतिवद्धताहरु आगामी वर्षको नीति कार्यक्रममा कार्यन्वयनमा लैजाने ढकालले बताउनुभएको छ ।
प्रमुख ढकालले नगरपालिकालाई सुशासन,पारदर्शी र भेदभावरहित बनाउने प्रतिवद्धता जनाउनुभएको छ । पाँचवर्ष उपप्रमुख भएर नगरपालिकाका आन्तरिक कामहरुको जानकारी लिइसकेकोले भोली देखि नै जनताले महसुष गर्ने गरीका काममा लाग्ने ढकालले बताउनुभयो ।




प्रतिक्रिया