अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इलामको देउमाई नगरपालिकामा आइतबार पनि विद्यालय खोल्न मेयरको आदेश

इलामको देउमाई नगरपालिकामा आइतबार पनि विद्यालय खोल्न मेयरको आदेश


इलाम – इलामको देउमाई नगरपालिकाका नवनिर्वाचित मेयर सूर्यप्रसाद पोखरेलले विद्यालयमा आइतबार विदा नदिने आदेश गरेका छन् ।

जेठ ९ गते पदभार ग्रहण गर्दै उहाँले सामुदायिक विद्यालयमा शनिबार एक दिन मात्र विदा गरी बाँकी ६ दिन यथावत रुपमा पठपाठन हुने निर्णय गर्नु भएको हो ।

नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख रुपेन्द्रप्रसाद न्यौपानेले सबै विद्यालयमा पत्राचार गर्दै मेयरको आदेश अनुसार पठन पाठन गराउन आग्रह गर्नु भएको छ ।

सरकारले जेठ १ देखि सामुदायिक विद्यालयहरुमा पनि आइतबार सार्वजनिक विदा दिएको छ । तर देउमाईका मेयर पोखरेलले भने आइतबार विदा नदिने निर्णय गरेका हुन् ।

हेर्नुहोस् नगरपालिकाको पत्र