अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हजुरआमाको हत्या आरोपमा नाती पक्राउ

हजुरआमाको हत्या आरोपमा नाती पक्राउ


उदयपुर – उदयपुरको कटारी नगरपालिका-७ रिस्कुकी ७० वर्षीया मनमाया दनुवारको हत्या आरोपमा उनकै २६ वर्षीय नाती रोहित दनुवारलाई प्रहरीले पक्राउ गरेको छ ।

आज बिहान ६ बजे हजुरआमा र नातिबीच जग्गा अंश बन्डाको विषयमा वादविवाद भई झै-झगडा भएको र रिसको आवेगमा रोहितले मनमायालाई शरीरका विभिन्न भागमा धारिलो हतियार खुकुरीले प्रहार गर्दा उनको घटनास्थलमा नै मृत्यु भएको थियो।

घटना सम्बन्धमा जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी टोली खटिइ कानुनी प्रकृया पुरा गरी शव परीक्षणको लागि कटारी अस्पताल पठाएको जनाएको छ।

हत्या आरोपित रोहितलाई पक्राउ गरी घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।