अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पाँच वर्षअघि छात्रालाई करणी गरेको अभियोगमा प्रिन्सिपल पक्राउ

पाँच वर्षअघि छात्रालाई करणी गरेको अभियोगमा प्रिन्सिपल पक्राउ


काठमाडौं – पाँच वर्ष अघि १५ वर्षीय छात्रालाई जबरजस्ती करणी गरेको आरोपमा सुनसरी इटहरीको ब्लुमिङ लोटस् ईङलिस स्कुलका प्रिन्सिपललाई प्रहरीले पक्रेको छ ।

बिरामी भएकी उक्त छात्रालाई २०७४ साउन ४ गते दिउँसोको समयमा औषधि उपचार गर्दिन्छु भनी धरानको जनहित गेष्ट हाउसमा लगि जबरजस्ती करणी गर्ने सिन्धुली कमलामाई घर भएका ब्लुमिङ लोट्स इङलिस स्कुलका ३६ वर्षीय प्रिन्सिपल राजकुमार खड्कालाई प्रहरीले पक्रेको छ ।

छात्राले केही दिनअघि सामाजिक सञ्जालमा आफूले न्याय नपाएको भन्दै स्टाटस पोष्ट गरेकी थिइन । मुद्दा दायर गरेको भएपनि सुनुवाइ नभएको र आफूले न्याय नपाएको सो पोष्टमा उल्लेख गरेकी थिइन ।

२०७४ मै राजकुमारमाथि परेको जबरजस्ती करणी मुद्दा जाहेरीका आधारमा नेपाल प्रहरी केन्द्रीय ब्यूरोबाट खटिएको टोलीले राजकुमारलाई काठमाडौंको त्रिपुरेश्वरबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यलय सुनसरी पठाइएको प्रहरीले जनाएको छ ।

जबरजस्ती करणी गरेका राजकुमार माथि सुनसरी जिल्ला अदालतमा मुद्दा मुल्तवीमा रहेको पनि प्रहरीले जनाएको छ । राजकुमारलाई थप कारबाहीका लागि सुनसरी जिल्ला अदालतमा उपस्थित गराइने पनि प्रहरीले बताएको छ ।