अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधिसभामा नीति कार्यक्रममाथिको छलफल जारी (LIVE)

प्रतिनिधिसभामा नीति कार्यक्रममाथिको छलफल जारी (LIVE)


काठमाडौं – प्रतिनिधि सभाको बैठक जारी छ । अहिले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलिरहनुभएको छ ।

संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे सुरु भएको बैठकमा सांसदहरुले आर्थिक वर्ष २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रममाथि धारणा राख्ने क्रम चलिरहेको छ ।

शुक्रबार सांसदहरुले धारणा राख्ने क्रम नसकिएपछि आज बाँकी सांसदले आफ्नो धारणा राख्न लाग्नुभएको हो । शनिबारको बैठकमा जेठ १० गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफल सकिनेछ । छलफल सकिएपछि आजै नीति तथा कार्यक्रम पारित हुनेछ ।

आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक सर्वेक्षण पेश गर्नुहुने कार्यसूची संघीय संसद सचिवालयले सार्वजनिक गरेको छ । सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभन्दा अघि नै आर्थिक सर्वेक्षण पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।