काठमाडौं – श्रीलंका आर्थिक संकटबाट गुज्रिइरहेको किसानलाई रोपाइँ गर्न आग्रह गरेको छ ।
श्रीलंकाका कृषिमन्त्री महिन्दा अमरवीराले देशमा खाद्य संकट पनि निम्तिन लागेको भन्दै किसानलाई धान रोप्न आग्रह गर्नु भएको हो ।
श्रीलंकामा अहिले रोपाइँको समय हो । कृषिमन्त्री महिन्दाले भन्नुभयो, ‘सबै किसानलाई आग्रह गर्छौं खेतमा पस्नुहोस्, अबको १०–१५ दिन मिहनत गर्नुहोस् ।’
प्रधानमन्त्री रनिल विक्रमसिंघेले अगस्टदेखि देशमा खाद्य संकट पनि निम्तिने घोषणा गरिसक्नु भएको छ । त्यसैले श्रीलंकाले धेरै भन्दा धेरै खाद्यान्न उत्पादन गर्न चाहेको छ ।
श्रीलंकाले संकट समाधानका लागि भन्दै दक्षिण एशियाली खाद्य बैंकसँग पनि सहयोग मागेको छ । खाद्य बैंकले चामल तथा अन्य आवश्यक खाद्यान्न उपलब्ध गराउँछ ।
२ करोड २० लाख जनसंख्या भएको टापु राष्ट्र श्रीलंका सन् १९४८ मा स्वतन्त्रता प्राप्त गरेपछिको सबैभन्दा खराब आर्थिक संकटमा फसेको छ ।
आर्थिक मन्दीले पिरोलिएको श्रीलंका कोरोना महामारीका कारण थप प्रभावित भयो । विदेशी मुद्रा आर्जनको श्रोत पर्यटन उद्योग हामारीको समयमा सञ्चालन भएनन् ।
– एजेन्सीको सहयोगमा







प्रतिक्रिया