रूपन्देही-लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खाँ गएराति पक्राउ परेका छन्।
लुम्बिनी विकास कोषको नवनियुक्त उपाध्यक्ष आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्दै आएका खाँलाई प्रहरीले मध्यरातमा घरबाटै पक्राउ गरेको हो।
उनलाई मध्यराति घरमा सुतिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेर लगेको अभियानका सहसंयोजक रामविकास चौधरीले जानकारी दिए।
आनीको नियुक्ति भएदेखि नै महाअभियानले विरोध गर्दै चरणबद्व आन्दोलन गरिरहेको छ।
मध्यरातमा संयोजकमाथि गरिएको धरपकडप्रति महाअभियानले सरकारको कदमको कडा शब्दमा भ्रत्सना गर्दै निःशर्त रिहाइको माग गरेको छ ।



प्रतिक्रिया