अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जिसस पर्सामा सोनार विजयी

जिसस पर्सामा सोनार विजयी


वीरगञ्ज – जिल्ला समन्वय समिति पर्साको प्रमुख पदमा जनता समाजवादी पार्टी (जसपा) का नीरज (अजय) साह सोनार विजयी हुनुभएको छ । जसपा र नेकपा (एमाले) तर्फबाट साझा उम्मेदवार बन्नुभएका उहाँ दुई मतको अन्तरले विजयी हुनुभएको हो ।

उहाँले १५ मत ल्याउँदा उहाँका निकटम् प्रतिद्वन्द्वी नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० गठबन्धनका साझ उम्मेदवार सरोज चौरसियाले १३ मत प्राप्त गर्नुभयो ।

यसैगरी उपप्रमुख पदमा एमालेका पुरन साह कूल १५ मतसहित जिजयी बन्नुभएको हो भने उहाँका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका कुमारी सोनीले १३ मत प्राप्त गर्नुभयो ।

जिससको नेतृत्वका लागि जसपा–एमाले गठबन्धन मिलेर चुनाव लडेकामा सबै पदमा गठबन्धनका उम्मेदवार विजयी भएका हुन् ।
नौ सदस्यीय जिसस पर्सामा जसपाबाट तीन र एमालेका चार सदस्य विजयी भएका छन् । एमालेको १० र जसपाको पाँच गरी १५ मत थियो । यसैगरी कांग्रेस १२ र लोसपा एक गरी १३ मत थियो ।