अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘२४ लाख कोरोना खोप हरायो, जवाफ दिनुहोस् सरकार’

‘२४ लाख कोरोना खोप हरायो, जवाफ दिनुहोस् सरकार’


काठमाडौं – नेकपा एमालेका सांसद खगराज अधिकारीले कोभिड–१९ विरुद्धको २४ लाख डोज हराएको खोपका विषयमा सरकारले जवाफ दिनुपर्ने बताउनुभएको छ ।

आइतबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकअन्तर्गत विभिन्न शीर्षकमाथिको छलफलमा भाग लिँदै उहाँले सो खोपबारे आफूहरूले प्रधानमन्त्री शेरबहादुर देउवाको समेत ध्यानाकर्षण गराएको बताउनुभयो ।

पूर्वस्वास्थ्यमन्त्री समेत रहनुभएका अधिकारीले यस विषयमा संसद्मा यथार्थ जानकारी गराउन माग समेत गर्नुभयो ।

आफू स्वास्थ्यमन्त्री भएकै बेला एचआईभी एड्सदेखि क्यान्सरसम्मका १३९ औषधि निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेको भन्दै उनले त्यसबारे भ्रम नछर्न सरकारलाई चेतावनी दिनुभयो ।