अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गुडियामा लुकाएर ब्राउन सुगरसहित पाँच जना पक्राउ

गुडियामा लुकाएर ब्राउन सुगरसहित पाँच जना पक्राउ


नेपालगञ्ज – नेपाल भारत सीमा क्षेत्र जमुनाहाबाट लागूऔषध ब्राउन सुगरसहित पाँच जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दाङको लमही नगरपालिका वडा-५ का सोनु श्रेष्ठ, विशाल कुँवर र दिवस डाँगी छन् । यस्तै २ जना १७ वर्ष उमेरका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार भारतबाट आउँदै गर्दा जाँच गर्ने क्रममा लागूऔषध ब्राउन सुगरसहित उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट १७ ग्राम ब्राउन सुगर फेला परेको बाँकेका प्रहरी प्रवक्ता एव प्रहरी नायब उपरिक्षक मधुसुदन न्यौपानेले जानकारी दिनु भयो ।