अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

डोल्पामा हिमपातमा फसेका ६ भारतीय पर्यटकको सकुशल उद्धार

डोल्पामा हिमपातमा फसेका ६ भारतीय पर्यटकको सकुशल उद्धार


काठमाडौं-भारी हिमपातका कारण डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ स्थित दानिगढमा फसेका ६ जना भारतीय पर्यटकको सोमबार बिहान हेलिकोप्टरबाट उद्धार गरिएको छ।

सोमबार बिहान हेलिकोप्टरमार्फत उनीहरूलाई उद्धार गरी सदरमुकाम दुनै ल्याइएको हो ।

उद्धार गरिएका पर्यटकमा मौमिता हल्दार, पियाली कोले, जाजला त्रिवेद कुमार, आदित्य सिंह, दिपलिना विश्वास र राजेश दे रहेका छन् ।

डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार उद्धार गरिएका सबै ६ जना पर्यटकको अवस्था सामान्य रहेको छ ।