अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मङ्सिर २ र ३ गते एमालेको राष्ट्रिय भेला, को-को हुँदैछन् सहभागी ?

मङ्सिर २ र ३ गते एमालेको राष्ट्रिय भेला, को-को हुँदैछन् सहभागी ?


काठमाडौं-नेकपा (एमाले)ले आगामी मङ्सिर २ र ३ गते काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने भएको छ। ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प ! समृद्ध नेपाल, सुखी नेपाली हाम्रो गन्तव्य’ भन्ने नारासहित आयोजना हुने भेलामा पार्टीका केन्द्रीय कमिटीदेखि पालिका कमिटीसम्मका नेता तथा प्रतिनिधि सहभागी हुनेछन्।

एमाले प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार भेला काठमाडौंस्थित कार्की ब्याङ्क्वेटमा आयोजना हुनेछ। भेलामा केन्द्रीय कमिटीका सदस्य, केन्द्रीय निकायका सदस्य, प्रदेश कमिटीका पदाधिकारी तथा जिल्ला कमिटीका पदाधिकारी सहभागी हुनेछन्।

त्यस्तै, सम्पर्क तथा भारत प्रवासअन्तर्गतका प्रदेश कमिटी र सम्पर्क तथा विशेषसहित ८८ जिल्ला कमिटीका पदाधिकारीलाई पनि भेलामा सहभागी गराइनेछ। पालिका कमिटीका अध्यक्ष तथा उपाध्यक्षहरूको समेत उपस्थिति रहनेछ।

जनसङ्गठन र जनप्रतिनिधिको सहभागिता

भेलामा पार्टीका जनसङ्गठनबाट पनि प्रतिनिधित्व रहनेछ। अनुसूची १ अन्तर्गतका सङ्गठनबाट पाँच-पाँच जना र अनुसूची २ अन्तर्गतका सङ्गठनबाट तीन-तीन जना प्रतिनिधि सहभागी हुनेछन्।

त्यसैगरी, राष्ट्रिय सभा तथा प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख र स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षहरू पनि भेलामा सहभागी हुनेछन्।

एमालेले ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण’ को सङ्कल्पसहित आयोजना गर्न लागेको यस भेलामा पार्टीका विभिन्न तहका कमिटी, जनसङ्गठन र जनप्रतिनिधिहरूको सहभागिता रहनेछ। भेलामार्फत पार्टीले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्यलाई समेत मुख्य नाराका रूपमा प्रस्तुत गरेको छ।