अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेद्वारा संसद्मा ‘स्थगनको प्रस्ताव’ दर्ता, मलका विषयमा छलफल गर्न माग

एमालेद्वारा संसद्मा ‘स्थगनको प्रस्ताव’ दर्ता, मलका विषयमा छलफल गर्न माग


काठमाडौं – नेकपा एमालेले संसद्मा स्थगनको प्रस्ताव दर्ता गराएको छ । एमालेका प्रमुख सचेतक विशाल भट्टराईसहित १५ सांसदले जारी बजेटमाथिको छलफल रोकेर मलको बारेमा छलफल गर्नुप¥यो भन्दै स्थगनको प्रस्ताव दर्ता गराएका हुन् ।

किसानहरूले समयमा मल नपाएको र सरकार त्यस विषयमा गम्भीर नभएको भन्दै एमालेले स्थगनको सूचना संसद् सचिवालयलाई दिएको छ । उक्त प्रस्तावमाथि संसद्मा छलफल हुने भएको छ ।

स्थगन प्रस्ताव स्वीकृत भए संसद्मा उक्त प्रस्तावमाथि छलफल हुनेछ भने मन्त्रालयगत बजेटमाथि सांसदले उठाएका प्रश्नको मन्त्रीहरूले जवाफ दिने कार्यक्रम स्थगित हुने संसद् सचिवालयका अधिकारीले बताएका छन् ।

संसद् सचिवालयले उक्त प्रस्तावलाई आजको प्रतिनिधिसभा बैठकको कार्यसूचीको १ नम्बरमा राखेको छ ।