अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अमेरिका भ्रमणबारे जानकारी लिन प्रधानमन्त्रीलाई संसदीय समितिले बोलायो

अमेरिका भ्रमणबारे जानकारी लिन प्रधानमन्त्रीलाई संसदीय समितिले बोलायो


काठमाडौं – संसदीय समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई अमेरिका भ्रमणका विषयमा जानकारी लिन बोलाउने निर्णय गरेको छ ।

आज सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकले प्रधानमन्त्री देउवाको हुन लागेको आसन्न अमेरिका भ्रमणका विषयमा जानकारी लिन समितिमा बोलाउने निर्णय गरेको हो ।

यसअघि प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणबारे संसदलाई जानकारी गराउन प्रमुख प्रतिपक्षी दल एमालेले माग गरिसकेको छ ।