अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आईजीपी नियुक्तिविरुद्धको मुद्दामा आज सुनुवाइ हुने

आईजीपी नियुक्तिविरुद्धको मुद्दामा आज सुनुवाइ हुने


काठमाडौं – नेपाल प्रहरीको महानिरीक्षक नियुक्ति विरुद्धको मुद्दाको पेशी आज तोकिएको छ । कामु प्रधान न्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा पेशी तोकिएको हो ।

वैशाख १८ गते मन्त्रिपरिषद्को निर्णयबाट धीरजप्रताप सिंह प्रहरी महानिरीक्षक नियुक्त हुनुभएको थियो । वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आइजिपी नियुक्त गरेको भन्दै वरियताको पहिलो नम्बरमा रहेका एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै गत वैशाख २२ गते न्यायाधीश सुष्मालता माथेमाले जेठ १७ गते पूर्ण सुनुवाइका लागी आदेश दिनुभएको थियो ।

जेठ १७ गते नै एआईजी बढुवा विरुद्ध पूर्व डिआइजी ईश्वरबाबु कार्की समेतले दायर गरेको रिट लगाउमा राखेर न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ र कुमार चुडालको बेच्नमा पेस तोकिएको थियो । तर, प्रतिवादी धीरजप्रताप सिंह, रवीन्द्रबहादुर धानुक र वसन्त पन्तको म्याद तामेल नभएको देखिएपछि त्यो दिन सुनुवाइ भएन ।

न्यायाधीश श्रेष्ठ र चुडाल सम्मिलित इजलासले जेठ ३० गते मुद्दाको अन्तिम सुनुवाइ गर्न पेशी तोकेको थियो ।