अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कृषकलाई मल छैन, मन्त्री भने विदेश सयरमा : झपटबहादुर रावल

कृषकलाई मल छैन, मन्त्री भने विदेश सयरमा : झपटबहादुर रावल


काठमाडौं – नेकपा एमालेका सांसद झपटबहादुर रावलले मलको अभावमा किसान पिल्सिरहेको अवस्थामा कृषि मन्त्री भने विदेश भ्रमणमा रमाउने गरेको भन्दै खेद व्यक्त गर्नुभएको छ ।

प्रतिनिधिसभाको बैठकमा स्थगन प्रस्तावमाथिको छलफलमा भाग दिँदै उहाँले सरकार जनताका समस्यालाई बेवास्ता गर्दै कमिसनको खेलमा लागिरहेको बताउनुभयो । भन्नुभयो, ‘किसानका समस्याप्रति कृषिमन्त्री बेखबर छ । मुठी रोपेर मुरी भित्र्याउने समयमा किसानलाई मलको अभाव भइरहेको तर्फ सरकार बेखबर हुन राम्रो होइन ।’

उहाँले प्रतिपक्षका सांसदले आफ्नो माग लिएर मन्त्रीहरुलाई बुझाएको पत्र च्यातिएको भन्ने आफूले सुनेको भन्दै उहाँले त्यस्ता मन्त्रीलाई खबरदारी समेत गर्नुभयो ।