अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गाभ्ने सहमति भएसँगै इन्भेष्टमेन्ट र मेगा बैंकको सेयर कारोबार रोक्का

गाभ्ने सहमति भएसँगै इन्भेष्टमेन्ट र मेगा बैंकको सेयर कारोबार रोक्का


काठमाडौं – नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको सेयर कारोबार रोक्का भएको छ । दुवै कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई मर्जरको समझदारीबारे जानकारी गराउँदै सोमबार कारोबार रोक्का गर्न पत्र लेखेका थिए ।

दुवै बैंकले नेप्सेलाई पत्र लेख्दै २७ जेठ २०७९ मा दुवै बैंक एक आपसमा गाभ्ने÷गाभिनेबारे प्रारम्भिक समझदारी भएको जानकारी गराएका हुन् ।

मर्जर प्रयोजनका लागि दुवै बैंकले आफ्नो सेयर कारोबार रोक्का गरी त्यसको जानकारी गराउन समेत नेप्सेलाई भनेका थिए । सोही अनुसार दुवै कम्पनीको सेयर कारोबार रोक्का भएको हो ।

यी दुई बैंकबीच भएको प्रारम्भिक सम्झौता अनुसार मर्जरपछि नेपालको सबैभन्दा ठूलो वाणिज्य बैंक बन्नेछ । मर्जरपछि बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड हुनेछ ।