अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुतेकै ठाउँ जाजरकोट कुसेका वडाध्यक्ष मृत फेला

सुतेकै ठाउँ जाजरकोट कुसेका वडाध्यक्ष मृत फेला


सुर्खेत – जाजरकोट कुशे गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष मनबहादुर घर्तीको मृत्यु भएको छ । शुक्रबार राति घरमै सुतेका अध्यक्ष घर्ती बिहान मृत अवस्थामा फेला पर्नुभएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी झलक केसीका अनुसार उहाँले नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट गत स्थानीय तह निर्वाचनमा जित्नुभएको थियो । घरमै सुतिरहेको अवस्थामा कसरी मृत्यु भयो भन्ने विषयमा अनुसन्धान जारी रहेको सहायक प्रजिअ केसीले बताउनुभयो ।