अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पेस्तोल र गोलीसहित दुईजना पक्राउ

पेस्तोल र गोलीसहित दुईजना पक्राउ


काठमाडौं – प्रहरीले काठमाडौँको नयाँ बसपार्कबाट पेस्तोल र गोलीसहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरी प्रभाग नयाँबसपार्कबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–२६ मित्रनगरस्थित एक खाजा घरबाट हातहतियारसहित काठमाडौँ महानगरपालिका–१७ धोविचौरका ४२ वर्षीय जोयल थापा र नवलपरासी वर्दघाट नगरपालिका–१४ का ३० वर्षीय राजु विकलाई शनिबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले पेस्तोल र गोली बोकेर हिँडिरहेका अवस्थामा दुवैजनालाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

पक्राउ परेकासँग कटुवा पेस्तोल एक थान, गोली एक थान, खोका एक थान र हातमा लगाउने फलामको पञ्च एक थान बरामद गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।