अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री सहित शीर्ष नेता निजगढको निरीक्षणमा

प्रधानमन्त्री सहित शीर्ष नेता निजगढको निरीक्षणमा


काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा सहित गठबन्धनका शीर्ष नेता प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रको निरीक्षणका लागि बारा पुग्नुभएको छ । उहाँहरू आइतबार बिहान काठमाडौंबाट बारा पुग्नुभएको हो ।

बारामा स्थानीय नेतासँग छलफल गर्ने कार्यक्रम छ । यससँगै स्थानीय तहका जनप्रतिनिधिसँग पनि निजगढका विषयमा छलफल गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

त्यसपछि उहाँहरूले निजगढ विमानस्थल क्षेत्रको निरीक्षण गर्ने जनाइएको छ । प्रधानमन्त्री सहितको टोलीमा नेकपा (माआवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल लगायत नेता हुनुहुन्छ ।

प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सम्बन्धी सरकारले अहिलेसम्म गरेका निर्णय सर्वोच्च अदालतले खारेज गरेको छ । असार १२ गते सर्वोच्चको बृहत् पूर्ण इजलासले अहिलेसम्म भएका काम–कारबाही विधिसम्मत नभएको भन्दै खारेज गरेको हो ।