अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जारी केन्द्री कमिटीबाट प्रचण्डलाई पदाधिकारी टुंगो लगाउन दबाब

जारी केन्द्री कमिटीबाट प्रचण्डलाई पदाधिकारी टुंगो लगाउन दबाब


काठमाडौ- नेकपा माओवादीका केन्द्रीय सदस्य, प्रदेश इन्चार्ज र जिल्ला अध्यक्षहरुले प्रचण्डलाई पार्टीका पदाधिकारी टुंगो लगाउन दबाब दिएका छन् ।
आजबाट सुरु भएको यही केन्द्रीय समिति बैठकमा जतिदिन बैठक लम्ब्याएर भए पनि पदाधिकारी टुंगो लगाउनु पर्ने उनीहरुले बताएका छन् ।

बैठकमा रिपोर्टिङ गर्दै प्रदेश अध्यक्ष,इन्चार्ज लगायतले प्रचण्डलाई पदाधिकारी विहिन पार्टी बनाइरहनु । बागमती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले बैठक लम्ब्याएर भए पनि पदाधिकारी टुंगो लगाउनु पर्ने माग गर्नुभएको छ । उहाँले पार्टीलाई भद्रगोल अवस्थामा राख्ने काम गलत भएको बताउनुभयो ।

बैठकमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको नौ बुँदे एजेण्डामा संगठनात्मक विषय पनि छ । तर पार्टी पदाधिकारी यो बैठकबाट टुंगो लाग्ने सम्भावना कम रहेको माओवादी केन्द्रका एक नेताले बताए ।महासचिवबारे कुनै सहमति नजुटेको र निर्वाचनमा जाने तयारी पनि नभएकाले यही बैठकले पदाधिकारी टुंगो लगाउने सम्भावना कम देखिएको ती नेताको दाबी छ । शनिबार साँझ बसेको पूर्वस्थायी कमिटीका पूर्वपदाधिकारीको बैठकमा पनि यसबारेमा कुनै सहमति भएको थिएन ।