अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पूर्वाञ्चल क्यान्सर अस्पतालले सुरु गर्‍यो पेट सिटी स्क्यान

पूर्वाञ्चल क्यान्सर अस्पतालले सुरु गर्‍यो पेट सिटी स्क्यान


झापा – झापाको बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा पेट सिटी स्क्यान सेवा सुरु गरेको छ ।  योसँगै अस्पतालको सेटअपमा पेट सिटी स्क्यान सेवा सुरु गर्ने पूर्वाञ्चल क्यान्सर अस्पताल निजी क्षेत्रको पहिलो अस्पताल बनेको छ ।

आज मुखको क्यान्सर भएका ५२ वर्षीय बिरामी नुर मोहम्मद अन्सारीको पेट सिटी स्क्यान गरेर सेवा सुरु गरिएको हो । अस्पतालले २ वर्षअघि पेट सिटी स्क्यान ल्याएको भएपनि सरकारको नीतिका कारण सुरु हुन सकेको थिएन ।

दुई वर्षपछि सेवा सुरु गर्न सकेकोमा अस्पतालका मेडिकल निर्देशक डा. विरेन्द्र यादवले खुशी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘अहिलेसम्म धेरै बिरामीले सेवा लिन पाउँथे तर पनि केही छैन ढिलै भए पनि सेवा सुरु गर्न सक्यौं । यो क्यान्सरका बिरामी र हामी सबैका लागि खुशीको कुरा हो।’

उहाँले पेट सिटी स्क्यान मेशिन भएर पनि बिरामीलाई अन्त पठाउन पर्दा निकै नराम्रो लाग्ने गरेको भन्दै अब भने आफ्नै अस्पतालमा सो सेवा दिन पाउँदा खुशी लागेको बताउनु भयो । उहाँले आफूहरुले अबदेखि यो सेवा नियमित गर्ने र दैनिक ८ देखि १० जनाको पेट सिटी गर्न सकिने बताउनु भयो ।

पेट सिटी स्क्यानमा प्रयोग हुने आइसोटप नेपालमा नबन्ने कारणले भारतबाट झिकाउन पर्ने र सो आइसोटप जति सक्दो छिटो प्रयोग गर्नुपर्ने हुन्छ । समय सिमाका आधारमा गुणस्तर निर्धारण हुने सो आइसोटप बागडोग्रा जुन झापाबाट आधा घण्टाका दूरीमा रहेको एअरपार्टबाट सिधै अस्पताल ल्याएर प्रयोग गर्ने हुँदा यसको गुण्स्तर अत्यन्त बढी हुने बताउनु भयो ।

भारतको बागडोग्रा एअरपोर्टबाट अस्पताल नजिक भएका कारण पनि यसको प्रयोगमा सजिलो हुने र बढी रिजल्ट दिनेमा आफू ढुक्क रहेको उहाँले बताउनु भयो । उहाँले आफूहरुले बिरामीको आर्थिक अवस्थालाई मध्यनजर गर्दै अन्य स्थानको भन्दा केही सस्तो पनि गरेको समेत जानकारी दिनुभयो ।

Skip This