अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सडकमै बसेर खाना खाँदै सुकुमबासी

सडकमै बसेर खाना खाँदै सुकुमबासी


काठमाडौं-स्थानीय प्रशासनले होल्डिङ सेन्टरभित्र खाना प्रवेश गर्न नदिएपछि बोडेको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुमबासीले सडकमै बसेर खाना खाएका छन्।

जेनजी अभियन्ता माजिद अन्सारीसहितको समूहले सुकुमबासीका लागि ल्याएको खाना होल्डिङ सेन्टरभित्र लैजान अनुमति नदिएपछि उनीहरू सडकमा बसेर खाना खान बाध्य भएका हुन्।

सरकारले सुकुमबासीलाई उपलब्ध गराउँदै आएको खाना बन्द गरेपछि जेनजी अभियन्ताहरूले उनीहरूलाई खाना खुवाउन थालेका छन्। सोही क्रममा ल्याइएको खाना स्थानीय प्रशासनले होल्डिङ सेन्टरभित्र प्रवेश गर्न नदिएको बताइएको छ।

यसअघि, मङ्सिर ११ गते जिल्ला प्रशासन कार्यालयहरूले सूचना जारी गर्दै होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएका थिए।

सरकारको खाना बन्द गर्ने निर्णय र होल्डिङ सेन्टर खाली गर्न दिइएको निर्देशनपछि आश्रय लिइरहेका सुकुमबासी थप समस्यामा परेका छन्।