काठमाडौं-विवाहको मौसमलाई थप उत्साहपूर्ण बनाउँदै यती एअरलाइन्सले ‘यतीमा जन्ती’ विशेष अभियान सार्वजनिक गरेको छ। यस अभियानअन्तर्गत १५ जनाभन्दा बढी यात्रुको समूह बुकिङमा बेहुला र बेहुलीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराइनेछ।
योजनाअनुसार १५ जनाभन्दा बढी यात्रुको समूह बुकिङ गर्दा बेहुलाले दुवैतर्फको यात्रा (आउँदा र जाँदा) निःशुल्क टिकट प्राप्त गर्नेछन् भने बेहुलीले एकतर्फी निःशुल्क टिकट पाउनेछिन्।
विवाह तथा शुभकार्यमा सहभागी हुने परिवार, आफन्त र साथीभाइको सामूहिक यात्रालाई सहज, सुविधाजनक र किफायती बनाउने उद्देश्यले यती एअरलाइन्सले यो विशेष योजना ल्याएको हो। विवाहको खुसीलाई यात्रासँग जोड्दै ग्राहकलाई थप बचत र विशेष अनुभव प्रदान गर्ने अभियानले विवाह समारोहमा सहभागी हुने समूहका यात्रुहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।
यती एअरलाइन्सले यात्रुहरूको आवश्यकता र विशेष अवसरलाई ध्यानमा राख्दै विभिन्न आकर्षक बिक्री योजना तथा सेवामार्फत हवाई यात्रालाई सहज, सुविधाजनक र सम्झनायोग्य बनाउने प्रयास गर्दै आएको छ।
यस अभियानअन्तर्गत बुकिङ तथा थप जानकारीका लागि यती एअरलाइन्सको सम्पर्क नम्बर +977-01-5970074 मा सम्पर्क गर्न सकिनेछ



प्रतिक्रिया