अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सहसचिवमा बढुवाका लागि ९ जनाकाे नाम सिफारिस

सहसचिवमा बढुवाका लागि ९ जनाकाे नाम सिफारिस


काठमाडौँ-निजामती सेवाका विभिन्न सेवा र समूहअन्तर्गत राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) पदमा बढुवाका लागि ९ जना उम्मेदवारको नाम सिफारिस गरिएको छ।

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयस्थित बढुवा समितिको सचिवालयले मङ्सिर १२ गते सूचना प्रकाशित गर्दै ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनका आधारमा हुने बढुवाका लागि योग्यताक्रमअनुसार उम्मेदवारहरूको नाम सिफारिस गरेको हो।

बढुवा समितिको मङ्सिर ११ गतेको निर्णयअनुसार निजामती सेवा ऐन, २०४९ को दफा २४च. को प्रयोजनार्थ सिफारिस सूची सार्वजनिक गरिएको सूचनामा उल्लेख छ।

सिफारिस हुनेमध्ये नेपाल प्रशासन सेवातर्फ ५ जना रहेका छन्। त्यस्तै, नेपाल इञ्जिनियरिङ सेवाको सिभिल समूहअन्तर्गत जनरल उपसमूहबाट १ जना र हाइवे उपसमूहबाट ३ जना सिफारिस भएका छन्।

यसरी विभिन्न सेवा र समूहबाट कुल ९ जना उम्मेदवार सहसचिव पदमा बढुवाका लागि सिफारिस भएका छन्।