अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेमा समानुपातिकमा बागमतीका सबभन्दा बढी ४४ जनाको नाम सिफारिस,अन्य प्रदेशबाट कति कति जना ?

एमालेमा समानुपातिकमा बागमतीका सबभन्दा बढी ४४ जनाको नाम सिफारिस,अन्य प्रदेशबाट कति कति जना ?


काठमाडौं -प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिकतर्फको नामावलीलाई अन्तिम रुप दिएको छ ।
अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकले समानुपातिकतर्फका उम्मेदवारको सूची पारित गरेको हो।

प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार संवैधानिक प्रावधानबमोजिम सबै क्लस्टर समेटेर प्रतिनिधिसभाका लागि ११० जना र प्रदेशसभाका लागि २२० जनाको नाम छनोट भएको छ।

त्यसैगरी, प्रदेश नम्बर १ का लागि २० महिला र १७ जना पुरुषसहित ३७ को नाम समावेश गरिएको छ ।

त्यसैगरी, मधेस प्रदेशमा २३ महिला र २० पुरुष गरी ४३ को नाम तयार भएको छ। । बागमती प्रदेशमा २० पुरुष र २४ महिलासहित ४४ जनाको सूची बनेको छ।। गण्डकीको समानुपातिक सूचीमा ११ जना पुरुष र १३ जना महिला गरी २४ उम्मेदवारको सूची तयार भएको छ।

लुम्बिनी प्रदेशमा १५ जना पुरुष र २० जना महिला गरी ३५ जना उम्मेदवारको नाम बन्द सूचीमा समावेश भएको छ।

कर्णाली प्रदेशमा १० पुरुष र ११ महिला गरी १६ जना समानुपातिक उम्मेदवारको सूची बनेको छ। सुदूरपश्चिम प्रदेशका लागि १० पुरुष र ११ महिला गरेर २१ जनाको नाम बन्द सूचीमा समेटिएको छ।

Skip This