काठमाडौं – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सत्ता गठबन्धन देश र जनताको चिन्तामा नदेखिएको टिप्पणी गर्नु भएको छ ।
ललितपुर च्यासलस्थित पार्टी मुख्यालमा जारी पार्टीनिकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघको बैठकलाई सम्बोधन गर्दै उहाँले अहिलेसम्म ५ वर्षमा को-को पालो गरेर प्रधानमन्त्री बन्ने भन्ने ध्याउन्नमा पाँच दल अड्किएको बताउनु भयो ।
उपमहासचिव ज्ञवालीले भन्नुभो, ‘अहिलेसम्म ५ वर्षमा को-को पालो गरेर प्रधानमन्त्री बन्नेमा लागेका छन्। उनीहरूलाई देश र जनताको कुनै चिन्ता-चासो छैन । अछाममा बाढी आओस्, डेंगु लागोस् एकरति आँसु नि झार्दैनन् ।’
भागबण्डा नमिलेर प्रधानन्यायाधीशमाथि महाअभियोग लगाइएको उहाँको आरोप छ । उहाँले भन्नुभयो, ‘हिजो सबैको लागि महान भएको प्रधानन्यायाधीश, आज चाहिं भागबण्डा नमिलेनपछि महाअभियोग लगाइयो । उहाँ अहिले पनि प्रधानन्यायाधीश नै हुन् देशको चौथो वरीयताको मान्छेको हालत यस्तो छ झन् जनताको के होला ?’







प्रतिक्रिया