काठमाडौं – पूर्वमन्त्री खोभारी रायसहित जनता समाजवादी पार्टीका चर्चित नेताहरू नेकपा एमाले प्रवेश गर्नु भएको छ ।
आज एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेललाई भेट गरी रायसहित जसपाका चर्चित नेताहरू एमाले प्रवेश गर्नुभएको हो ।
यसरी एमाले प्रवेश गर्ने नेताहरूमा सुनितादेवी यादव, धिरेन्द्र राय, राजमोहन राय, रामप्रवेश रायलगायत छन । उहाँहरूले केपी ओलीको नेतृत्वमा मात्रै तराइ र नेपालको बिकास सम्भव हुने प्रस्ट तस्वीर आइसकेकोले एमाले रोजेको बताउनु भयो ।













प्रतिक्रिया