अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आयोगले नियुक्त गर्‍यो मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत

आयोगले नियुक्त गर्‍यो मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत


काठमाडौं – निर्वाचन आयोगले  मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ ।

आयोगले बुधबार ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको हो ।

आयोगले सूचना प्रकाशन गरी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि यही असोज ११ गतेदेखि लागू हुने गरी न्यायपरिषदको सिफारिसमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको हो ।

 ७७ जिल्लाका न्यायाधीशलाई सोही जिल्लाको मुख्य निर्वाचन अधिकृत र ८८ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत तोकिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।