धादिङ-पृथ्वी राजमार्गअन्तर्गत धादिङको मझिमटारमा आज मंगलबार पनि दुई घण्टा सवारी आवागमन बन्द हुने भएको छ।
बेनीघाट रोराङ गाउँपालिका–९ स्थित मझिमटारमा आकाशे पुल निर्माण तथा सडक स्तरोन्नतिको कामका लागि बिहान ९ बजेदेखि ११ बजेसम्म सबै प्रकारका सवारी साधनको आवागमन पूर्ण रूपमा बन्द गरिने जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ।
यसअघि सोमबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सवारी आवागमन बन्द गरेर निर्माण कार्य गर्ने भनिएको थियो । तर, निर्धारित समयमा काम सम्पन्न हुन नसकेपछि आज पुनः दुई घण्टा सडक बन्द गरेर निर्माण कार्यलाई निरन्तरता दिन लागिएको हो।
जिल्ला प्रशासन कार्यालयले सडक बन्द हुने अवधिमा सवारी चालक तथा यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । साथै, ट्राफिक नियम तथा सडक अनुशासन पालना गरी यात्रा गर्न पनि अनुरोध गरेको छ।



प्रतिक्रिया