काठमाडौं-सरकारले स्वास्थ्य बीमा कार्यक्रममा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय कार्यान्वयनका लागि स्थानीय तहलाई परिपत्र गरेको छ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रदेश तथा स्थानीय तह समन्वय शाखाले स्वास्थ्य बीमा कार्यक्रममा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न स्थानीय तहलाई पत्राचार गरेको हो।
स्वास्थ्य बीमा बोर्डले आगामी पुस १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रममा नयाँ आबद्धता तथा नवीकरण गर्न र स्वास्थ्य बीमाअन्तर्गतको सेवा प्राप्त गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको छ।
सोही निर्णय कार्यान्वयनका लागि मन्त्रालयले स्थानीय तहलाई परिपत्र गर्दै राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने व्यवस्था मिलाउन आग्रह गरेको हो।
साथै, नयाँ व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न र सर्वसाधारणलाई समयमै जानकारी गराई सचेत बनाउनसमेत मन्त्रालयले स्थानीय तहलाई अनुरोध गरेको छ।




प्रतिक्रिया