काठमाडौ- सेवा निवृत हुने बित्तिकै एमले प्रवेशको चर्चा गरिएको नेपाल प्रहरीका पूर्वआईजिपी सर्वेन्द्र खनाल आज नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।
एमाले केन्द्रीय कार्यालयमा पूर्वआईजिपी खनाललाई अध्यक्ष केपी शर्मा ओलीले एमाले प्रवेश गराउनुभएको हो । नेपाल प्रहरीको ३० वर्षे सेवाबाट अवकाशपछि खनाल स्वतन्त्र अभियान चलाएर बस्नु भएको थियो ।

खनालसँगै राष्ट्रिय पुनर्जागरण पार्टीका महासचिव रविकिरण खनाल, विवेकशील साझा पार्टीका संस्थापक अब्दुस मिया, जसपाका नेता होरिलाल चौधरीलगायत एमालेमा प्रवेश गरेका छन् । नेपाल प्रहरीका हाइ प्रोफाइल एमालेमा प्रवेश गरेको यो पहिलो पटक हो ।







प्रतिक्रिया