काठमाडौं – नेकपा एमाले महासचिव शंकर पोखरेलले पाँच दलीय गठबन्धन राष्ट्र निर्माणको अभियान रोक्ने षडयन्त्रमा लागेको आरोप लगाउनु भएको छ ।
आज पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले एमालेको विजय अभियान रोक्न गठबन्धनले अनेक प्रकारका षड्यन्त्र गरिरहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘यतिखेर एमालेको विजय अभियान रोक्न अनेक प्रकारका षड्यन्त्रहरु गरेका छन् । नागरिकताको विषयलाई हाम्रा पार्टीका विरुद्धमा प्रयोग गर्ने हतियारका रुपमा प्रयोग गर्न खोजिएको छ ।’
महासचिव पोखरेलले नागरिकताका विषयमा एमाले स्पस्ट रहेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो ‘नागरिकताका बारेमा हाम्रो पार्टी सदैव स्पष्ट छ । नेपाली नागरिकहरुले नागरिकताको अधिकार पाउनुपर्छ। यो एमालेको मान्यता हो । जन्म सिद्धका सन्तानलाई नागरिकता दिन आफ्नो नेतृत्वको सरकारले अध्यादेश ल्याएको थियो ।’
उहाँले राष्ट्रपतिले नागरिकताको विषयलाई समयमै सम्बोधन गर्नुपर्छ भन्ने आशयलाई गठबन्धनले उपेक्षा गरेको भन्दै नागरिकतामा बैबाहिक अंगीकृतको विषय प्रमुख रहेको भन्दै आफ्ना चेलीहरूका बारेमा अरु देशमा के व्यवस्था छ भनेर गठबन्धनलाई प्रश्न गर्नुभयो ।
नेता पोखरेलको प्रश्न छ- ‘विवाहको लगत्तै नागरिकता दिने प्रचलन दक्षिण एसियामा कहाँ छ ?’ छिमेकीहरूले गरेको प्रबन्धमा एमाले छलफल गर्न तयार रहेको र समान व्यवस्थाको कुरा गरिरहेको महासचिव पोखरेलको भनाइ छ ।







प्रतिक्रिया