अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अमेरिकामा आज मध्यावधि निर्वाचन, रिपब्लिकन र डेमोक्र्याटबीच प्रतिस्पर्धा

अमेरिकामा आज मध्यावधि निर्वाचन, रिपब्लिकन र डेमोक्र्याटबीच प्रतिस्पर्धा


काठमाडौं-संयुक्त राज्य अमेरिकामा आज मध्यावधि निर्वाचनका लागि मतदान हुँदैछ। यो निर्वाचनमा अमेरिकी कंग्रेस (संसद)को तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सका सबै ४३५ सिट र माथिल्लो सदन सिनेटका ३५ सिटका लागि मतदान हुनेछ।

अमेरिकामा मध्यावधि निर्वाचन राष्ट्रपतीय निर्वाचन भएको दुई वर्षपछि हुने गरेको छ।

अहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीको कंग्रेसका दुवै सदनमा बहुमत छ। यदि यीमध्ये कुनै एक सदनमा पनि पार्टीले आफ्नो बहुमत गुमायो भने ट्रम्पका एजेन्डासँग सम्बन्धित कानुनहरू पारित गराउन ट्रम्पलाई कठिन हुनेछ।

अमेरिकी कंग्रेसका दुवै सदनमा बहुमत प्राप्त गर्न निश्चित संख्यामा सिट जित्नु आवश्यक हुन्छ।

सिनेटमा जम्मा १०० सिट छ। अहिले ट्रम्प रिपब्लिकन पार्टीसँग ५३ सिट छ भने डेमोक्र्याटिक पार्टीसँग ४५ सिट छ। यसबाहेक २ जना स्वतन्त्र सिनेटरहरू पनि छन्। यसपटक सिनेटका ३५ सिटका लागि निर्वाचन हुनेछ। यसमध्ये २२ सिट रिपब्लिकन पार्टीसँग र १३ सिट डेमोक्र्याटिक पार्टीसँग छ।

यस्तै, अमेरिकी कंग्रेसको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्समा कुल ४३५ सिट छ। यस सदनमा बहुमतका लागि २१८ सिट आवश्यक पर्छ। यसपटक तल्लो सदनका सबै ४३५ सिटका लागि निर्वाचन हुँदैछ, जसको अर्थ प्रत्येक सिटका लागि प्रतिस्पर्धा हुनेछ। जुन दलले २१८ वा सोभन्दा बढी सिट जित्छ, उसले सदनमा बहुमत प्राप्त गर्नेछ।

मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टी र डेमोक्र्याटले दुवै सदनमा बहुमत हासिल गर्ने लक्ष्य राखेको छ।

इरानसँगको युद्ध, बढ्दो मुद्रास्फीति र आर्थिक नीतिहरूप्रति सार्वजनिक असन्तुष्टिबीच आज हुन लागेको मध्यावधि निर्वाचनमा रिपब्लिकन र डेमोक्र्याटबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।