अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्डलाई अध्यक्ष ओलीको प्रश्न : लडाकुका नाममा भत्ता कुम्ल्याएको होइन ?

प्रचण्डलाई अध्यक्ष ओलीको प्रश्न : लडाकुका नाममा भत्ता कुम्ल्याएको होइन ?


काठमाडौं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई परिवारवादमा रमाएको आरोप लगाउनु भएको छ ।

पार्टी कार्यालय च्यासलमा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै जनयुद्धको नाममा आफ्नो परिवारभन्दा अरु केही नदेखेको बताउनु भएको हो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘प्रचण्डको बारेमा धेरै भन्नु छैन। युवाहरुलाई भावनामा बगाएर अनेक गतिविधि गर्नुभयो। शहिदका परिवारको अवस्था के छ ? तपाईंलाई त आफ्नै परिवार सुम्सुम्याएर बस्दा ठिक भएको छ। किन जनयुद्धका थोत्रा कुरा गर्नुहुन्छ। तपाईंले जम्मा गरेर भत्ता कुम्ल्याएर अयोग्य लडाकु भनेर हटाइएको होइन।’

स्कुलबाट थुतेर लगेका युवाहरुको अहिलेको अवस्था कस्तो छ फर्केर हेर्न ओलीले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘तपाईंले पढाइ बिगारेका युवाहरु के गर्दैछन्, तिनको नाममा तपाईंले भत्ता लिएको होइन। आज के हालतमा छन् उनीहरुरु तिनीहरूको बारेमा सोच्नुभयो ? यो सबै तपाईंको नाटक हो ।’