अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपतिको अपमान गर्नुलाई गठबन्धनले महानता ठान्यो : अध्यक्ष ओली

राष्ट्रपतिको अपमान गर्नुलाई गठबन्धनले महानता ठान्यो : अध्यक्ष ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको अपमान गर्नुलाई गठबन्धनले महानता ठानेको बताउनु भएको छ ।

आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अहिलेको गठबन्धन सरकारले संविधानको धारा १८१ को उल्लंघन गरेको भन्दै सरकारले संविधानको पालना गर्नुपर्ने बताउनु भएको हो ।

अध्यक्ष ओलीले संविधानले विधेयकहरू संसदमा पेश गर्नुअघि राष्ट्रपतिसँग परामर्श गर्नुपर्छ भनेको उल्लेख गर्नुहुँदै वर्तमानको गठबन्धनले आफ्नो अहंकारका कारण राष्ट्रपतिसँग कुनै परामर्श नै नगरेको आरोप लगाउनु भयो ।

अहिले संविधान समग्रमा उल्लंघन भइरहेको उहाँको आरोप थियो। अहिलेको सरकार बहुमतको नभएको जिकिर गर्दै बहुमतको धक्कु नलगाउन उहाँले गठबन्धन सरकारलाई सचेत गराउनु भयो । आगामी मंसिर ४ गते जनताले गठबन्धनको क्रियाकलापको मूल्यांकन गर्ने उहाँले बताउनु भयो ।