अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौं-६ मा स्वतन्त्र उठ्ने घोषणा गरेका अब्दुस मियाँ एमाले प्रवेश

काठमाडौं-६ मा स्वतन्त्र उठ्ने घोषणा गरेका अब्दुस मियाँ एमाले प्रवेश


काठमाडौं क्षेत्र-६ मा प्रतिनिधिसभा चुनावमा स्वतन्त्र रूपमा उम्मेदवारी दिने घोषणा गर्नुभएका अब्दुस मियाँ नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

बिहीबार च्यासलमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मियाँ लगायतलाई पार्टीमा प्रवेश गराउनु भएको हो ।

मियाँ काठमाडौं ६ मा स्वतन्त्र उठ्ने भन्दै विवेकशील साझा पार्टी छाड्नु भएको थियो । उहाँ विवेकशील साझाको केन्द्रीय सदस्य र युवा संगठनको अध्यक्ष छाडेर स्वतन्त्र उठ्ने घोषणा गर्नु भएको थियो ।

गत असार ११ गते मियाँले आफू काठमाडौं ६ बाट स्वतन्त्र उम्मेदवार हुने घोषणा गर्नु भएको थियो ।