अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पुनर्जागरण पार्टीका महामन्त्री एमाले प्रवेश

पुनर्जागरण पार्टीका महामन्त्री एमाले प्रवेश


काठमाडौं – पुनर्जागरण पार्टीका महामन्त्री रवि किरण हमाल नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

बिहिवार एमाले मुख्यालयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले महामन्त्री किरणलाई स्वागत ‍गर्नुभयो । पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओली, महासचिव शंकर पोखरेल लगाएतका नेता उपस्थिति हुनुहुन्थ्यो ।

नेपालमा बैकल्पिक राजनैतिक शक्ति निर्माण गर्न किरणले पछिल्ला ७ वर्ष बिताए पनि चुनाव नजिकिँदै गर्दा एमाले प्रवेश गर्नुभएको हो ।

पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र विवेकशील साझा पार्टीका संस्थापक नेता अब्दुस मियासँगै महामन्त्री किरणले पार्टी प्रवेश गर्नु भएको हो ।

रवि किरणले भन्नुयो, ‘तेस्रो ध्रुव बनाउन थुप्रै प्रयास गरियो, झन्झन् नेपाली राजनीति दुई ध्रुवमा केन्द्रीकृत भैरहेको महसुस हुन थाल्यो । एउटा ध्रुव समातेर अगाडि जाने विकल्पमा रोजाइमा एमाले पर्यो ।