अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपतिलाई गोकुल बास्कोटाको सुझाव-सक्रिय राजनीतिमा फर्किनुस्

राष्ट्रपतिलाई गोकुल बास्कोटाको सुझाव-सक्रिय राजनीतिमा फर्किनुस्


काठमाडौं-नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई कार्यकाल सकिएपछि सक्रिय राजनीतिमा फर्कन सुझाव दिएका छन् ।

पूर्वसञ्चारमन्त्री समेत रहेका बाँस्कोटाले पूर्व राष्ट्रपतिले राजनीति गर्नु हुँदैन भन्ने कुनै कानुनी ब्यवस्था नभएको भन्दै राजनीतिबाट उनीहरु राष्ट्रपति बन्ने गरेको बताएका छन् ।

‘एकमात्र पूर्व राष्ट्रपतिले पुर्व मान्यता अनुरुपको राजनीति गरेकै छन्’बाँस्कोटाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेरो सिधा मत छ–वर्तमान राष्ट्रपतिले कार्यकाल सकिएपछि सोझै राजनीतिक नेतृत्व गरे अति राम्रो हुने थियो ।’