अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जसपाका केन्द्रीय सदस्य श्रीपाइली एमालेमा प्रवेश

जसपाका केन्द्रीय सदस्य श्रीपाइली एमालेमा प्रवेश


काठमाडौं – जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तिलक श्रीपाइली नेकपा एमालेमा प्रवेश गर्नुभएको छ। च्यासलस्थित पार्टी मुख्यालयमा पार्टीका महासचिव शंकर पोखरेलले जसपा नेता श्रीपाइलीलाई खादा लगाएर स्वागत गर्नुभएको छ ।

अनेरास्ववियुबाट राजनीतिक यात्रा सुरू गरेका श्रीपाइलीको करीब तीन दशकको राजनीतिमा सक्रिय हुनुहुन्छ । उहाँ सल्यान जिल्लाका स्थायी बासिन्दा हुनुहुन्छ ।

श्रीपाइलीले देश र जनताको हितमा अगाडि बढिरहेको एमालेविरुद्ध घेराबन्दी भइरहेको समयमा पार्टीका पक्षमा यथासक्य योगदान गर्न आफू निस्वार्थ एमालेमा प्रवेश गरेको बतानुभयो ।