अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बिर्तामोडको निर्णय : मरेका माछा ल्याई बिक्री गरे व्यवसाय नै बन्द गराइदिने चेतावनी

बिर्तामोडको निर्णय : मरेका माछा ल्याई बिक्री गरे व्यवसाय नै बन्द गराइदिने चेतावनी


बिर्तामोड – बिर्तामोड नगरपालिकाले एक सूचना जारी गर्दै भारतबाट आयात गरिने मरेका अस्वस्थ्यकर माछाको बिक्री-वितरण नगर्न सार्वजनिक अपील गरेको छ ।

नगरपालिकाको निर्णय विपरित माछाको बिक्री-वितरण गरेमा व्यवसाय नै बन्द गराउने चेतावनी दिइएको छ । प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपानेले जारी गरेको सूचना अवज्ञा गरे सम्पूर्ण सामग्री जफत गरी व्यवसाय नै बन्द गराउने जनाइएको छ ।

आम उपभोक्तालाई स्वस्थ्यकर माछा खुवाउने र स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न सो निर्णय गरिएको हो । दुई दिनअघि मात्रै भारतबाट आयात गरिएको मरेका २ हजार १६ केजी माछा नष्ट गरिएको छ । उक्त माछा भन्सार छली गरेर भित्राइएको थियो ।