अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चितवन मेडिकलमा उपचारको क्रममा मृत्यु भएपछि तोडफोड, १३ जना पक्राउ

चितवन मेडिकलमा उपचारको क्रममा मृत्यु भएपछि तोडफोड, १३ जना पक्राउ


चितवन – उपचारका क्रममा एक जनाको मृत्यु भएपछि चितवन मेडिकल कलेजमा तोडफोड भएको छ ।

उपचारका लागि आएका चितवन भरतपुर महानगरपालिका वडा-१३ उजेलीनगरका ३६ वर्षीय रमेश कुँवरको मृत्यु भएपछि आफन्तले कलेजको आईसीयूलगायतका क्षेत्रमा तोडफोड गरेका हुन् ।

हिजो बिहान पेट दुखेर अस्पताल भर्ना भएका रमेशको चिकित्सकको लापहरबाहीले ज्यान गएको भन्दै छानबिनको माग गर्दै आफन्तहरुले मेडिकल आईसीयू, अस्पतालको मूल ढोकाको लबी, कलेजका बसलगायतका सवारी साधानमा तोडफोड गरेर क्षति पुर्याएका छन् ।

कलेजले बिरामी आउँदा नै मल्पिटल सिण्ड्रोमसहित आएको र कुँवरलाई बचाउने अनेकन प्रयास गर्दागर्दै ‘सेप्टिक सक’ भई निधन भएको बताएको छ ।

बिहान रगतमा संक्रमण फैलिसकेको अवस्थामा आएका कुँवरलाई दिउँसो १२ : १५ बजे आईसीयूमा राखेर उपचार गरिएकोमा साँझ सवा ५ बजे मृत्यु भएको थियो।

अस्पताल तोडफोड गर्ने १३ जनालाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय चितवन लगिएको छ ।