गुल्मी – नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री गोकर्ण विष्टले प्रतिनिधि सभा निर्वाचनका लागि गुल्मी क्षेत्र नम्बर २ बाट उम्मेदवारी मनोनयन दर्ता गराउनु भएको छ ।
सचिव विष्टसँगै प्रदेश सभाका लागि गुल्मी २ (क) बाट डिल्लीराज भुसाल र (ख) बाट दिनेश पन्थीले मनोनयन दर्ता गराएका हुन्।
उम्मेदवारी दर्तापछि सचिव विष्टले गुल्मीको थप विकास र जनताको सेवाका लागि नेकपा एमालेको तर्फबाट गुल्मी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दिएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘सम्पूर्ण दाजुभाई दिदीबहिनीको हितमा साझा प्रतिनिधिको रुपमा थप भूमिका निर्वाह गर्नेछु । सहयोग, सद्भाव र मतका लागि सबैमा हार्दिक अनुरोध गर्दछु ।’







प्रतिक्रिया