पाल्पा – मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि पाल्पाबाट ४७ जनाले उम्मेदवारी दिएका छन् ।
प्रतिनिधि सभाका लागि २४ जना र ४ प्रदेश सभाका लागि २३ गरी कुल ४७ जनाले उम्मेदवारी दर्ता गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
पाल्पा क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य १ सिटका लागि १० जनाले उम्मेदवारी दिएका छन् । नेकपा एमालेबाट नारायण प्रसाद आचार्य, गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका ज्ञानबहादुर गाहा, मंगोल नेशनल अर्गनाइजेशनबाट थमन बहादुर बुढामगर, राप्रपाबाट ज्ञान बहादुर सिंजाली, राष्ट्रिय जनमुक्ति पार्टीबा उजिर सिंह दर्लामी, जनता समाजवादी पार्टीबा मेयरमान रानाले उम्मेदवारी दिनुभएको छ ।
प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्रबाट विपिन कँडेल, नारायण न्यौपाने, डोलराज तिमिल्सिना र राजु सुनारले उम्मेदवारी दिनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रदेश सभातर्फ एमालेबाट राजु प्रसाद श्रेष्ठ, कांग्रेसबाट श्यामकान्त खनाल, मंगोल नेशनल अर्गनाइजेशनबाट पूर्ण बहादुर रुचाल, राप्रपाबाट डुलबहादुर गाहा, राष्ट्रिय जनमुक्ति पार्टीबाट भिमसेन सुनारी मगरले उम्मेदवारी दिनुभएको छ ।
पाल्पा क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यका लागि नेकपा एमालेबाट ठाकुरप्रसाद गैरेले उम्मेदवारी दिनुभएको छ। सत्ता गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका सोमप्रसाद पाण्डेले उम्मेदवारी दिनुभएको छ । स्वतन्त्रबाट उपेन्द्रराज गहिरे, जिवलाल सुवेदी र केशरबहादुर आलेले उम्मेदवारी दर्ता गर्नुभएको छ ।
क्षेत्र नम्बर १ ख प्रदेश सभामा एमालेबाट खेमबहादुर सारु, कांग्रेसबाट शंकरप्रसाद खनाल, मंगोल नेशनलबाट अर्गनाइजेशनबाट लाल बहादुर दर्लामी, राप्रपाबाट लक्ष्मण प्रसाद पंगेनी, राष्ट्रिय जनमुक्ति पार्टीबाट टेकबहादुर रानाले उम्मेदवारी दर्ता गर्नुभएको छ ।







प्रतिक्रिया