डडेल्धुरा – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी विरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ ।
डडेल्धुराबाट प्रतिनिधि सभामा उम्मेदवारी दिनुभएका प्रधानमन्त्री देउवाको नागरिकता र मतदाता नामावलीमा फरक-फरक मिति फेला परेपछि उजुरी परेको हो ।
नेपाली कांग्रेस बीपीका वरिष्ठ उपसभापति कर्णबहादुर मल्लले देउवाको उम्मेदवारीविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिनुभएको हो । देउवाको नागरिकता र मतदाता नामावलीमा फरक-फरक जन्ममिति फेला परेकाे हुनाले उम्मेदवारी रद्द हुनुपर्ने भन्दै उजुरी दिएको मल्लले बताउनुभयो । उहाँले भन्नुभयो, ‘मैले देउवाको उम्मेदवारी विरुद्ध उजुरी दर्ता गराएको छु । उहाँको उम्मेदवार शतप्रतिशत खारेजी हुनुपर्छ ।’
नागरिकतामा वि. सं. २००३ ज्येष्ठ ३१ गते जन्म मिति रहेको देउवाको मतदाता नामावलीमा २००२ ज्येष्ठ ३१ गते रहेको पाइएको छ ।
मल्ल कुनै बेला कांग्रेसमा रहँदा देउवाकै सहयोगी थिए। उहाँ २०७४ को निर्वाचनमा कांग्रेसबाटै प्रदेश सभामा निर्वाचित हुनु भएको थियो ।
अहिले बिपी कांग्रेसबाट उहाँ देउवा विरुद्ध चुनावी मैदानमा छन् ।







प्रतिक्रिया