अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उम्मेदवारहरुले फेसबुकमा बुस्ट गरेको हिसाब पनि देखाउनुपर्ने

उम्मेदवारहरुले फेसबुकमा बुस्ट गरेको हिसाब पनि देखाउनुपर्ने


काठमाडौं – निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा सामाजिक सञ्जाल प्रयोगलाई लिएर नयाँ मापदण्ड ल्याएको छ ।

आयोगका प्रवक्ता शालिग्राम पौडेलले मंगलबार एक विज्ञप्ति निकालेर सामाजिक सञ्जाल फेसबुकमार्फत गरिने प्रचार-प्रसार विज्ञापनको पनि उम्मेदवारहरुले हिसाब देखाउनुपर्ने उल्लेख गरेका छन्।

आयोगले सामाजिक सञ्जालमार्फत हुने सबै खर्चविवरण चुस्त दुरुस्त राख्न राजनीतिक दलहरु र उम्मेदवारहरुलाई आग्रह गरेको छ।

आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन, २०७९ का लागि दल र उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हदसमेत निर्धारण गरी सार्वजनिक गरिसकेको पनि स्मरण गराएको छ।

आयोगले निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ को (ठ) मा सामाजिक सञ्जालमा निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, दुष्प्रचार गर्ने, भ्रामक सूचना सम्प्रेषण गर्ने, द्वेषपूर्ण अभिव्यक्ति दिने जस्ता भ्रामक टिका टिप्पणी गर्न वा गराउन नहुने व्यवस्था रहेको पनि स्मरण गराएको छ।

Skip This