अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुदुर पश्चिममा पार्टीका विरुद्ध बागी उठेका पाँच जनाको एमालेले खोस्यो साधारण सदस्यता

सुदुर पश्चिममा पार्टीका विरुद्ध बागी उठेका पाँच जनाको एमालेले खोस्यो साधारण सदस्यता


काठमाडौं- नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले प्रतिनिधि र प्रदेश सभा चुनावमा बागी उम्मेदवारी दिएका ५ जनालाई कारबाही गरेको छ।
नेकपा एमालेका उम्मेदवार विरुद्ध स्वतन्त्र उम्मेदवारी दिने कञ्चनपुर ४ र कैलालीका १ गरी पाँच जनालाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशित गरिएको प्रदेश कमिटी सचिव धर्मराज पाठकले जानकारी दिनुभयो ।
कञ्चनपुर प्रदेश सभा निर्वाचन क्षेत्र नं १ ( १ )मा उम्मेदवारी दिएका भक्तबहादुर अधिकारी, प्रतिनिधि सभा क्षेत्र नं. १ का खेम सुवेदी, प्रदेश सभा २ (१ )का टेकबहादुर हमाल, १ (२ )का टेकबहादुर साउँद र कैलाली प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ का विजय सिंह मयाललाई एमालेले कारबाही गरेको हो।

पार्टीको विधानको धारा ८० को ६ बमोजिम आधिकारिक उम्मेदवार विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएर गम्भिर प्रकृतिको अनुशासन उल्लघंन गरेकोले उनीहरुलाई पार्टी सदस्य समेत नरहने गरी निष्काशित गरिएको एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ।

Skip This