अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौं-१० मा एमालेका युवा नेता हिमेशको पक्षमा माहोल बन्दै

काठमाडौं-१० मा एमालेका युवा नेता हिमेशको पक्षमा माहोल बन्दै


काठमाडौं – मंसिर ४ हुने प्रतिनिधि सभा चुनावका लागि नेकपा एमालेले धेरै ठाउँमा युवाहरुलाई उम्मेदवार बनाएको छ ।

काठमाडौं क्षेत्र नम्बर-१० मा पनि एमालेले युवा नेता हिमेश केसीलाई प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनाएको छ । युवाका समस्या समाधान गर्न, युवालाई आत्मनिर्भर बनाउन र स्वदेशमै टिक्ने वातावरण बनाउनका लागि आफू जस्ता युवालाई पार्टीले अवसर दिएको हिमेश बताउनुभयो । उहाँले सो अवसरलाई खेर जान नदिने बताउनुभयो ।

काठमाडौं-१० बासीका लागि हिमेशको नाम नयाँ भने होइन । एमालेको युवा संगठन राष्ट्रिय युवा संघका नेता समेत रहनुभएका हिमेशले युवा संघमार्फत सो क्षेत्रमा धेरै सामाजिक काम गर्नुभएको छ । अब जनप्रतिनिधि भएर काम गर्नका लागि चुनावी मैदानमा उत्रिनुभएको हो ।

हरेक सामाजिक काममा उहाँ सो क्षेत्रका जनताका लागि निरन्तर खटिरहनुभएको छ । जनताको पीरमर्का बुझ्ने, आफूले गर्न सक्ने सहयोगका लागि सधैं अघि सर्ने भएकाले हिमेशलाई उम्मेदवारको रुपमा पाउँदा खुशी लागेको सो क्षेत्रका स्थानीय बताउँछन् ।

जनताको माया र साथकै कारण काठमाडौं-१० मा आफूहरुको पक्षमा माहोल बन्दै गएको बताउनुहुन्छ हिमेश । एमालेले गरेका कामसँगै सामाजिक क्षेत्रमा आफूले गरेको योगदानकै कारण माहोल बनेको उहाँको भनाइ छ । सो क्षेत्रमा सत्ता गठबन्धनले साझा उम्मेदवार खडा गर्न सकेको छैन ।

गठबन्धनबाट नेपाली कांग्रेस र नेकपा माओवादीका उम्मेदवार खडा भएका छन् । स्वतन्त्रमा पनि कांग्रेसबाट बागी उठेका छन्।

सत्ता गठबन्धनबीच सिट भागबण्डा लगाउँदा काठमाडौं-१० कांग्रेसको भागमा परेको थियो । सोहीअनुसार सत्ता गठबन्धनको तर्फबाट राजन केसीले उम्मेदवारी दिनुभएको छ । तर माओवादीले पनि सो क्षेत्रमा छुट्टै उम्मेदवार खडा गरेपछि गठबन्धन टुटेको छ । सो क्षेत्रमा माओवादी नेतृ अञ्जना विशुंखेले उम्मेदवारी दिनुभएको छ । गठबन्धन टुटेको नभइ मित्रवत प्रतिष्पर्धा हुन लागेको विशुंखेको दाबी छ ।

युवाका मुद्दाको उचित सम्बोधन गर्न र काठमाडौं-१० लाई समृद्ध बनाउन पार्टीले आफूलाई जिम्मेवारी दिएको भन्दै हिमेशले चुनाव जितेर सो जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो ।

०७४ को प्रतिनिधि सभा चुनावमा बाम गठबन्धनबाट माओवादी केन्द्रका हितमान शाक्यलाई हराउँदै सो क्षेत्रमा कांग्रेसका राजन केसी निर्वाचित हुनुभएको थियो । तर दुई कार्यकाल सांसद् भएर पनि राजन केसीले केही नगरेको जनताको गुनासो रहेको हिमेशले बताउनुभयो ।

उहाँले भन्नुभयो ( ुयहाँका जनता भन्दै छन् ( दुई कार्यकाल सांसद् भएर पनि राजन केसीले केही गरेनन्,उहाँको विकास निर्माणमा ध्यान दिएनन्,सडक पूर्वाधारमा चासो दिएनन्, त्यसैले जनस्तरबाटै राजन केसी हराउ भन्ने स्वर उठेको छ, कांग्रेसबाटै यहाँ विद्रोही उम्मेदवार पनि खडा भएका छन् ।ु

स्थानीय तह चुनावमा पनि एमालेले आफू जस्ता कैयौं युवालाई उम्मेदवार बनाएको र ती युवाहरु जित्न सफल भएको नेता केसीले स्मरण गराउनुभयो । पार्टीले दिएको युवालाई अघि बढाउने र देश बनाउने अवसरलाई सही सदुपयोग गर्न आफू चुनावी मैदानमा उत्रिएको हिमेश बताउनुहुन्छ ।

युवा, त्यसमाथि युवालाई अघि बढाउने पार्टी र समृद्ध नेपाल सुखी नेपालीको अभियानमा लागेको पार्टीको उम्मेदवार भएकाले काठमाडौं(१० का मतदाताले जिताउँछन् भन्नेमा आफू ढुक्क रहेको केसीले बताउनुभयो ।

काठमाडौं(१० बासीले एमालेलाई जिताउने थुप्रै आधार रहेका पनि केसीले बताउनुभयो । यसअघिको नेतृत्वले सो क्षेत्रमा पैदा गरेको निराशालाई आशामा बदल्ने स्पष्ट योजना, युवाहरुका मुद्दा सम्बोधनको प्रतिबद्धता, भौतिक, सांस्कृतिक लगायत सबै क्षेत्रको विकास, विगतमा केपी ओली नेतृत्वको एमाले सरकारले देश, जनता, राष्ट्र, राष्ट्रियता,विकास र समृद्धिका क्षेत्रमा गरेका सयौं काम नै आफ्नो जितका आधार भएका केसीले बताउनुभयो ।

युवाका समस्या, मुद्दा, इच्छा र आकांक्षासँग आफू पूर्ण रुपमा परिचित भएको नेता केसीले बताउनुभयो । चुनाव जितेपछि आफ्नो पहिलो प्राथमिकता काठमाडौं(१० का युवालाई नै हुने उहाँले बताउनुभयो ।

कतिपय ठाउँमा परीक्षण गरिएका नेताबाट जनताले धेरै अपेक्षा गर्न नसक्ने बताउँदै नेता केसीले भन्नुभयो ( ुआफूहरुले जिताएर पठाएका जनप्रतिनिधिले यस क्षेत्रका समस्या समाधानमा ध्यान नदिएको यहाँका जनताको गुनासो छ,सो गुनासोलाई एमालेले सम्बोधन गर्नेछ,त्यसका लागि यहाँका जनताले हामीलाई आफ्नो अमूल्य मत दिनुहुन्छ भन्ने मलाई पूर्ण विश्वास छ ।ु

नयाँ उम्मेदवार र युवा उम्मेदवार हुनु एकखालको परीक्षण भएको भन्दै नेता केसीले जनाकांक्षाअनुसार काम गर्नका लागि यहाँका जनताले आफूलाई जिताएरै पठाउने ठोकुवा गर्नुभयो ।

Skip This